१९९० को एउटा विनाशकारी खडेरीमा सयौं हजार उत्तर कोरियाली नागरिकको मृत्यु भएको विश्वास गरिन्छ । यो खडेरी पनि त्यत्तिकै विनाशकारी हुन्छ भन्ने हालसम्म कुनै त्यस्तो सङ्केत नदेखिए तापनि देशभर नै कमजोर बाली उत्पादन र अन्न विनाशका सङ्केत देखापरिरहेका छन् ।
एजेन्सी । पछिल्लो ३७ वर्षको अवधिमा सबैभन्दा खराब खडेरीबाट जुझिरहेको भन्दै उत्तर कोरियाले आफ्ना नागरिकलाई यसबाट हुने क्षतिसँग लड्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसङ्घले एक करोड उत्तर कोरियाली नागरिकलाई आपत्कालीन खाद्य सहायता आवश्यक रहेको घोषणा गरेपछि उत्तर कोरियाको यस्तो भनाइ आएको हो । यूएनको प्रतिवेदनमा यो वर्षसम्म उत्तर कोरियालीहरु दैनिक तीन सय ग्राम खानामा बाँचिरहेको उल्लेख छ ।
१९९० को एउटा विनाशकारी खडेरीमा सयौं हजार उत्तर कोरियाली नागरिकको मृत्यु भएको विश्वास गरिन्छ । यो खडेरी पनि त्यत्तिकै विनाशकारी हुन्छ भन्ने हालसम्म कुनै त्यस्तो सङ्केत नदेखिए तापनि देशभर नै कमजोर बाली उत्पादन र अन्न विनाशका सङ्केत देखापरिरहेका छन् ।
एनके न्युजका ओलिभर होथामले बीबीसीसँग उत्पादनमा भएको कमिलाई भर्न १५ लाख टन खाद्य विदेशबाट आयात गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।