सङ्घले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलसँग राखेका मागहरु पटक पटक सम्बोधन गर्न अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको भन्दै शुक्रबारबाट ७ दिनका लागि म्यानपावर कम्पनीहरुले कामदार नपठाउने निर्णय गरेका हुन् ।
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने भएको छ । सङ्घले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलसँग राखेका मागहरु पटक पटक सम्बोधन गर्न अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको भन्दै शुक्रबारबाट ७ दिनका लागि म्यानपावर कम्पनीहरुले कामदार नपठाउने निर्णय गरेका हुन् ।
शुक्रबार राजधानीमा भएको सङ्घको विषेश भेलाले तत्कालका लागि कुनै पनि देशमा रोजगारीका लागि जाने कामदारको उडान बन्द गर्ने, त्यति गर्दा पनि सुनुवाइ नभएमा विरोध, सङ्र्घष र असहयोगका कार्यक्रम तय गर्ने सङ्घका अध्यक्ष रोहन गुरुङले जानकारी दिए ।
संघले म्यानपावर कम्पनीको नगद धरौटीको व्याज पाउने व्यवस्था गरिनु पर्ने,मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने, मलेसेसिया रोजगारी सुचारु गर्न मन्त्रालयमा सुचिकृत भएका मेडिकल सेन्टरबाट स्वास्थ्य परिक्षण गर्ने गरि नयाँ कामदार पठाउने प्रक्रिया शुरु गर्नुपर्ने माग राख्दै आएका छन् ।
मागपत्र दुताबासद्धारा प्रमाणीकरण गर्न केहि दुताबासले इन्कार गरेका,केहि दुताबासले अत्यन्त ढिला गरेकाले प्रमाणीकरण सहज सरल बनाउन रोजगारदाता कम्पनीलाई युजर नेम र पासवर्ड दिई अनलाईन प्रणाली मार्फत मागपत्र प्रमाणिकरण गरिनु पर्ने, सेवा शुल्क बढाउनु पर्ने र करार अवधि पुरा नगरी फर्कने कामदा।काृ दायित्व तोकिनु पर्ने संघको माग रहेको छ ।
संघले राखेको माग प्रति मन्त्रालय गम्भिर नभएको र एक पटक पनि छलफलमा नबोलाएकाले आन्दोलनमा उत्रिएको बताइएको छ ।