विप्लवका कार्यकर्ता पक्राउ

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा प्रकाश थापा रहेका छन् । जिल्लाको बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै घरमा लुकिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

डोटी । नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई डोटी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा प्रकाश थापा रहेका छन् । जिल्लाको बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै घरमा लुकिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिलगढीमा आइतबार लगेको छ ।

पक्राउ परेका थापालाई सोधपुछ र बयानपछि आवश्यक कानूनी कारवाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए । उक्त कार्यालयमा ‘विप्लव’ समूहले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा वैशाख २३ गते राति अज्ञात समूहले आगजनी गरेको थियो ।

यद्यपि सो समूहले भने अझै घटनाको जिम्मेवारी लिएको छैन । बडीकेदार गाउँपालिकामा ‘विफ्लव’ समूहको सक्रियता बढ्दो त्रममा छ । रासस