चेलीलाई जिस्क्याएको भन्दै आफ्नै साथीको हत्या

स्थानीय साकेला थान ‘मन्दिर’मा लागेको उभौली मेलामा रातभर सँगै नाचागान गरेका सन्तोषले चेलीलाई आफ्ना चेलीलाई आँखा लगाएर जिस्काएको भन्दै साथीलाई घनेन्द्रले छुरा प्रहार गरेको सन्तोषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनकुटा । धनकुटामा एकजना युवकले आफ्नै साथीको हत्या गरेका छन् । युवतीलाई जिस्क्याएको निहुँमा झगडा हुँदा महालक्ष्मी नगरपालिका–२ मारेक माझगाँउका घनेन्द्र लिम्बूले सन्तोष लिम्बूको हत्या गरेका हुन् ।

स्थानीय साकेला थान ‘मन्दिर’मा लागेको उभौली मेलामा रातभर सँगै नाचागान गरेका सन्तोषले चेलीलाई आफ्ना चेलीलाई आँखा लगाएर जिस्काएको भन्दै साथीलाई घनेन्द्रले छुरा प्रहार गरेको सन्तोषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गर्ने घनेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।