प्रतिनिधिसभा बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश

त्यसैगरी मन्त्री ढकालले ‘नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ को सुशासन प्रतिवेदन’ र ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वर्ष ०७४/७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन’ पेश गरे ।

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा ‘महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदन–२०७५’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले सो प्रतिवेदन सदन समक्ष पेश गरेका हुन् ।

त्यसैगरी मन्त्री ढकालले ‘नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ को सुशासन प्रतिवेदन’ र ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वर्ष ०७४/७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन’ पेश गरे ।

बैठकमा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले आर्थिक वर्ष आव ०७६÷७७ को पूर्व बजेट छलफल कार्यक्रम सम्बन्धी प्रतवेदन, २०७६ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन ०७५÷७६ पेश गरेका छन् ।