१५ महिनापछि काँग्रेसकाे छाया सरकार, अर्थमा मिनेन्द्र रिजाल

काँग्रेसले साेमबार छाया सरकारलाइ औपचारिकता दिएकाे छ ।

काठमाडाैं । छाया सरकार बनाउन १५ महिना लगाएकाे नेपाली काँग्रेसले अर्थमन्त्रीमा मिनेन्द्र रिजाललाइ बनाएकाे छ । काँग्रेसले साेमबार छाया सरकारलाइ औपचारिकता दिएकाे छ ।

काँग्रेसले बनाएकाे छाया सरकारमा उद्याेगमन्त्री मीन विश्वकर्मा, ऊर्जामा ज्ञानेन्द्रबहादुर कार्की, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला सङ्ग्राैला, परराष्ट्रमा नारायण खड्का, गृहमा दिलेन्द्रप्रसाद बडु, सहरी विकासमा उमाकान्त चाैधरी, खेलकुदमा किशाेर राठाेर, शिक्षामा गगन थापा छानिएका छन् ।

यसैगरी खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चाैधरी, सञ्चारमा बहादुरसिंह लामा, भूमि सुधारमा लक्ष्मी परियार, सङ्घीय मामलामा अत्तहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चाैधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भाैतिक पूर्वाधारमा सञ्जयकुमार गाैतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयमा राधेश्याम अधिकारी छानिएका छन् ।