अर्का वडाध्यक्ष अधिकारीको पनि मृत्यु, फरार चालक पक्राउ

आइतबार राति साढे आठ बजे भएको सो दुर्घटनामा परी सोही नगरपालिका–५ का वडाध्यक्ष विश्वविजय बस्नेतको राति नै मृत्यु भएको थियो । खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना३च ९८४० नम्बरको तरकारी बोक्ने पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा२झ १३४४ नमबरको गाडी ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा आइतबार राति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको उपचारका क्रममा मङ्गलबार मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान सवा १० बजे खैरहनी नगरपालिका–४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

आइतबार राति साढे आठ बजे भएको सो दुर्घटनामा परी सोही नगरपालिका–५ का वडाध्यक्ष विश्वविजय बस्नेतको राति नै मृत्यु भएको थियो । खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना३च ९८४० नम्बरको तरकारी बोक्ने पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा२झ १३४४ नमबरको गाडी ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका एकजना सवारी चालक खैरहनी–१२ का राजकुमार अधिकारीको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । फरार रहेका तरकारी बोक्ने गाडीका चालक सुमन अर्याल चितवनको सूर्यपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।