चुनाव हारेपछि पार्टीमा सङ्कट आउँदा कार्यकर्तामा उत्साह हराएकाले पुनर्जागरण अभियान सुरु गरेको काङ्ग्रेस नेता गगन थापाले बताए । ‘हाम्रो अभियान नेता विरुद्ध होइन,’ थापाले भने, ‘गुटबन्दीका लागि पनि होइन, सैद्धान्तिक व्याख्या, साङ्गठनिक ढाँचा, नेतृत्व र पार्टी सञ्चालनको शैलीमा आत्मविश्वास र जनताको विश्वासलाई पुनस्र्थापित गर्न हो ।’
नेपाली काङ्ग्रेसका युवा नेताहरुले प्रजातन्त्र दिवसको अवसर पारेर सोमबारबाट नेपाली काङ्ग्रेस पुनर्जागरण अभियान सुरु गरेका छन् । नेपाली काङ्ग्रेसका युवा नेता गगन थापा, चन्द्र भण्डारी लगायतकाले देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
चुनाव हारेपछि पार्टीमा सङ्कट आउँदा कार्यकर्तामा उत्साह हराएकाले पुनर्जागरण अभियान सुरु गरेको काङ्ग्रेस नेता गगन थापाले बताए । ‘हाम्रो अभियान नेता विरुद्ध होइन,’ थापाले भने, ‘गुटबन्दीका लागि पनि होइन, सैद्धान्तिक व्याख्या, साङ्गठनिक ढाँचा, नेतृत्व र पार्टी सञ्चालनको शैलीमा आत्मविश्वास र जनताको विश्वासलाई पुनस्र्थापित गर्न हो ।’ थापाले पार्टीभित्र ठूलो उथलपुथल ल्याउनु पर्ने बताए ।
काङ्ग्रेसकै नेतृत्वमा सात दशकदेखि नटुङ्गिएको एउटा महत्त्वपूर्ण अध्यायको दायित्व पूरा हुनु काङ्ग्रेसको राजनीतिक विजय भएको थापाले बताए । ‘चुनाव हारेको मात्र होइन काङ्ग्रेसजनमा उत्साह हराएको छ, आत्मबल कमजोर भएको छ, नेतृत्वप्रति गहिरो आक्रोस छ,’ थापाले भने, ‘जनताको विश्वास फर्काउन आफू बदलिने र देशको मुहार बदल्ने सपना र सङ्कल्प देखाउन सक्नुपर्छ ।’ यो अभियान सबै प्रदेश, जिल्ला र स्थानीय तहमा सञ्चालन गर्ने बताए ।
पुनर्जागरण अभियान घोषणा गर्दै अर्का नेता चन्द्र भण्डारीले अब गुट–उपगुटबाट माथि उठेर सङ्गठन सदृढीकरण अभियान सुरु गरेको बताए । ‘सबै प्रकारका चुनौती सामना गर्न तयार हुनुपर्छ,’ भण्डारीले भने, ‘पार्टीलाई नयाँ ढङ्गबाट अघि बढाउन अभियान सुरु गरिएको हो ।’
काङ्ग्रेस नेता गुरु घिमिरेले अहिलेको पार्टी सञ्चालन शैलीले चुनौती पार नहुने बताए । ‘यो अभियान कुनै नेताको नभई काङ्ग्रेसको हो,’ घिमिरेले भने, ‘राजनीतिक पाठ्यक्रम फेरिएकाले काङ्ग्रेसले पनि आफूलाई परिमार्जन गर्नुपर्छ ।’ अभियान घोषणा कार्यक्रममा धनराज गुरुङ, प्रदीप पौडेल, रामहरि खतिवडा लगायतले पार्टीलाई नयाँ सिराबाट अघि बढाउनु पर्ने धारणा राखे ।