कन्जर्भेटिभ दलको नेतृत्व चयन भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिने टेरिजा मे

डाउनिङ स्ट्रिटमा एउटा भावुक वक्तव्य जारी गर्दै उनले २०१६ को ईयू जनमतसङ्ग्रहको परिणामलाई सम्मान गर्न आफूले सक्दाे गर्ने बताएकी छिन् ।

एजेन्सी । बेलायती प्रधानमन्त्री टेरिजा मेले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणासँगै उनी नेतृत्वको दल कन्जर्भेटिभ दलको अध्यक्ष पदबाट पनि राजीनामा दिने घोषणा गरेकी छन् । नयाँ प्रधानमन्त्री चयनका लागि मार्ग प्रशस्त गर्नका लागि उनले आगामी जून ७ मा दलको नेतृत्वबाट राजीनामा दिने बताएकी हुन् ।

डाउनिङ स्ट्रिटमा एउटा भावुक वक्तव्य जारी गर्दै उनले २०१६ को ईयू जनमतसङ्ग्रहको परिणामलाई सम्मान गर्न आफूले सक्दाे गर्ने बताएकी छिन् ।

बेलायतलाई ब्रेक्जिट दिन नसकेकोमा उनले गहिरो पछुतो व्यक्त गरेकी छिन् ।

आफू नेतृत्वको कन्जर्भेटिभ दलको अध्यक्ष चयन नभएसम्म प्रधानमन्त्री पदमा रहने मेले बताएकी छिन् ।

आफ्नो पछिल्लो ब्रेक्जिट योजनाका लागि आफ्नै सांसदहरुबाट आलोचना खेपेकी मेले उक्त योजनामा क्रस पार्टी समर्थनलाई आकर्षण गर्न छुट दिने योजना ल्याएकी थिइन् ।