राष्ट्रियसभाले पायो पूर्णता

राष्ट्रपति भण्डारीले डा युवराज खतिवडा, रामनारायण विडारी र विमला पौड्याल राईलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस गरेका तीन जना राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी छन् ।

राष्ट्रपति भण्डारीले डा युवराज खतिवडा, रामनारायण विडारी र विमला पौड्याल राईलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको थियो ।

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न सिफारिस गरेको थियो ।

देउवा सरकारको सिफारिसलाई राष्ट्रपति कार्यालयले स्वीकृत गरेको थिएन ।