बागलुङका क्रिकेट खेलाडी केसी सम्मानित

नेपाली क्रिकेट खेललाई विश्व कपमा पु¥याउन सफल भएको भन्दै बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिले सयुंक्त रुपमा उनलाई नगद ५० हजार रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेको हो ।

बागलुङका क्रिकेट खेलाडी करण केसी सम्मानित भएका छन् ।

नेपाली क्रिकेट खेललाई विश्व कपमा पु¥याउन सफल भएको भन्दै बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिले सयुंक्त रुपमा उनलाई नगद ५० हजार रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेको हो । उनलाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सो सम्मान दिएका थिए ।

खेलकुदका माध्यमबाट विश्वमा नेपाल र सिङ्गो बागलुङको छवि उचो राख्ने खेलाडीलाई सम्मान गर्नुपर्ने नगरप्रमुख पौडेलले बताए ।

बागलुङ नगरपालिका— ८ मा जन्मेका केसी सानैदेखि खेलमा रुचि राख्थे । उनी बागलुङ त्रिकेट सङ्घका पूर्व सदस्य हुन् । सम्मान पाएपछि केसीले भने, ‘जन्मथलोमा सम्मान पाउँदा खुसी लागेको छ ।’