शान्ति, स्थिरता, विकास, समृद्धि र सुशासन मुलुकको अन्तिम गन्तव्य होः प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले छिमेकी सम्बन्ध र मित्रराष्ट्रसँगको कूटनीतिले आवश्यक स्रोत, साधन र सामथ्र्यको प्रयोग र सहकार्यमा थप अनुकूलता मिलेको बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको पराधीन मानसिकता नेपालीको गौरवपूर्ण संस्कृति हुनै नसक्ने बताएका छन् ।

१२ औँ गणतन्त्र दिवसका अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मूल समारोह समितिका संयोजकसमेत रहेका प्रधानमन्त्री ओलीले जनताले प्राप्त गरेका उपलब्धिलाई अस्वीकार गर्ने र उपलब्धिको अपमान गर्ने व्यवहार लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने बताउँदै गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न पनि यसको गरिमा र मर्यादालाई कायम राख्नुपर्नेमा जोड दिए ।

विद्वताको गौरवशाली परम्परा भएको प्राचीन मिथिलामा महर्षिहरुले नायकत्व गरेको र प्राचीन शाक्य गणराज्यका शुद्धोधन पनि गणनायक रहेको बताउँदै प्रधानमन्त्री ओलीले मानवीय जीवनका दुःख, पीडा, द्वन्द्व र अशान्तिको अन्त्यहीन शृङ्खला देखेर सिद्धार्थ गौतमले त्यस्तो कुचक्रको अन्त्य गर्न पारिवारिक माया र स्नेह तोडेर ज्ञानको खोजीमा निस्किएको स्मरण गरे ।

एक वर्षको अवधिमा सुशासन र विकासका लागि अवरोध पु¥याउने असान्दर्भिक ठहरिएका कतिपय नीति, विधि र संरचना परिवर्तन, परिमार्जन र खारेज गरिएको उनले जानकारी दिए । उनले समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा अघि बढ्ने दृढ इच्छाशक्ति भएको प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार र सात प्रदेश तथा ७५३ वटै सरकारलाई एउटै लय र तालमा समृद्धिको गन्तव्यतर्m अग्रसर गराउनु मुख्य दायित्व भएको बताए ।

प्रधानमन्त्रीले छिमेकी सम्बन्ध र मित्रराष्ट्रसँगको कूटनीतिले आवश्यक स्रोत, साधन र सामथ्र्यको प्रयोग र सहकार्यमा थप अनुकूलता मिलेको बताए ।