स्थानीय तहको पदपूर्तिका लागि लोकसेवाले माग्यो ९ हजार १६१ कर्मचारी

आर्थिक योजना तथा तथ्यांक ,इन्जिनियरिङ, न्याय, प्रशासन, विविध, र शिक्षा पदका लागि उक्त संख्यामा कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरेको हो ।

काठमाडौं । स्थानीय तहमा कर्मचारीको पदपूर्ति गर्न लेकसेवा आयोगले ९ हजार १६१ कर्मचारीका लागि विज्ञापन गरेको छ ।

खासगरी आर्थिक योजना तथा तथ्यांक ,इन्जिनियरिङ, न्याय, प्रशासन, विविध, र शिक्षा पदका लागि उक्त संख्यामा कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरेको हो ।

इलाम, काठमाडौं, खोटाङ, जलेश्वर, जुम्ला, दाङ, दिपायल, धनकुटा, पोखरा, बागलुङ, बुटवल, महेन्द्रनगर, सुर्खेत र हेटौडामा रहेको आयोग कार्यालय समेत परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।