मलेसियाको रोजगारी खुलाउन माग गर्दै व्यवसायी आन्दोलित, शुक्रबारबाट कामदार नपठाउने

वैदेशिक रोजगार व्यवसायी संघको आब्हानमा शुक्रबारबाट ७ दिनसम्म कुनैपनि देशमा नेपाली कामदार नपठाउने भएका हुन् ।

काठमाडौं । लामो समय देखी मलेसियाको रोजगारी नखुलाएको भन्दै श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको तिब्र आलोचना गर्दै आएको म्यानपावर व्यवसायीहरुले शुक्रबारबाट सबैकाम बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघको आब्हानमा शुक्रबारबाट ७ दिनसम्म कुनैपनि देशमा नेपाली कामदार नपठाउने भएका हुन् । मन्त्रालयमा सुचिकृत स्वास्थ्य संस्थाबाट कामदारको स्वास्थ्य परिक्षण गराई १ बर्ष देखी बन्द रहेको मलेसियाको रोजगारी तत्काल खुलाउनु पर्ने माग राख्दै आन्दोलित भएका हुन् ।

यस्तै धरौटी बापत राखिने रकमको व्याज पाउनु पर्ने,कामदार पठाउदा पाउने सेवा सुविधा अन्य देशको जस्तै गर्नुपर्ने लगाएतका मागहरु राख्दै आएका छन् ।

म्यानपावर व्यवसायीहरुले पटक पटक मन्त्रालयलमा ध्यानाकर्षण पत्र बुझाउदापनि वेवास्था गरेको कारण चरणबद्ध आन्दोलनमा उत्रिएको संघका अध्यक्ष रोहण गुरुङको भनाइ छ । संघले यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि वैदेशिक रोजगार क्षेत्रमा देखिएको समस्या समधान गर्न आग्रह गरेका थिए ।