मेक्सिकाली राष्ट्रपतिको अमेरिकासँग वार्ताको प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत अमेरिका र मेक्सिकोको सीमा इलाकामा आगामी १० जुनबाट मेक्सिकोबाट आयातित सामानहरुमा १० प्रतिशत शुल्क बृद्धि गर्ने र कागज नभएका आप्रवासीहरुलाई सीमा पार गर्ने कडाई गरिने बताएपछि लोपेजले सो पत्र पठाएका हुन् । 

मेक्सिको सिटी । अमेरिका र मेक्सिको सीमा क्षेत्रमा जारी रहेका आप्रवासी मुद्दाको समाधानको लागि मेक्सिकाली राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज ओब्राडोरले बिहीबार संयुक्तराज्य अमेरिकासँग वार्ताको प्रस्ताव राखेका छन् । यस सामाजिक समस्यालाई कर र बलपूर्वक रोक्ने उपायबाट समाधान नहुने लोपेजले डोनाल्ड ट्रम्पलाई पठाएको एक पत्रमा बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत अमेरिका र मेक्सिकोको सीमा इलाकामा आगामी १० जुनबाट मेक्सिकोबाट आयातित सामानहरुमा १० प्रतिशत शुल्क बृद्धि गर्ने र कागज नभएका आप्रवासीहरुलाई सीमा पार गर्ने कडाई गरिने बताएपछि लोपेजले सो पत्र पठाएका हुन् ।

अमेरिका र मेक्सिको सीमा क्षेत्रमा अवस्था कुनै प्रगति नभएमा सन् २०१९ जुलाई १ बाट सीमा क्षेत्रको सीमा शुल्कमा १० प्रतिशत हुने ह्वाइट हाउसले बिहीबार साँझ जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

ट्रम्पले मेक्सिकोको सीमा क्षेत्रमा सीमाशुल्क बढाउने विषयमा बारम्बार चेतावनी दिँदै आएका छन् । अमेरिका सीमाशुल्क विभाग र सीमा सुरक्षाबलले गत मार्चमा मात्र १ लाख ३ हजारभन्दा बढी आप्रवासीलाई फर्काएका र अलपत्रमा पारेका थिए । रासस/सिन्ह्वा