प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले सवारीसाधनमा बिहीबार सुनुवाइ गरेको हो । सुनुवाइमा सर्वोच्चले तत्काल वितरण प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो ।
सर्वाेच्च अदालतले तत्कालका लागि इम्बोस्ड नम्बर प्लेट वितरण रोक्न आदेश दिएको छ । पर्यटन व्यवसायी भारतकुमार बस्नेतले सरकारले नेपाली धर्मसंस्कृति तथा रीतिरिवाजलाई नै असर पर्ने गरी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वनयमा ल्याएको भन्दै उक्त व्यवस्था खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले सवारीसाधनमा बिहीबार सुनुवाइ गरेको हो । सुनुवाइमा सर्वोच्चले तत्काल वितरण प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो ।
बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था विभागलगायतका निकायलाई प्रतिवादी बनाई सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सरकारले अहिले इम्बोस्ड नम्बर प्लेटमा पूर्ण रुपमा नेपाली अक्षर हटाएको भन्दै सरोकारवाला निकायले विरोध गर्दै आएका छन् ।