बजेट विकासमुखी भएन, वितरणमुखी भयोः विश्वप्रकाश शर्मा

नेपाल प्रेस युनियन पाल्पा शाखाले सोमबार गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले ७० प्रतिशत बजेट चालु खर्चमा, ३० प्रतिशत बजेट मात्र विकास खर्चमा सरकारले विनियोजन गरेको भन्दै यस्तो बजेटले देशको विकास नहुने दाबी गरे ।

पाल्पा । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले हालै सार्वजनिक गरेको बजेट विकासमुखी नभइ वितरणमुखी भएको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन पाल्पा शाखाले सोमबार गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले ७० प्रतिशत बजेट चालु खर्चमा, ३० प्रतिशत बजेट मात्र विकास खर्चमा सरकारले विनियोजन गरेको भन्दै यस्तो बजेटले देशको विकास नहुने दाबी गरे ।

प्रतिपक्षको भूमिका कमजोर भएकोप्रति लक्षित गर्दै प्रवक्ता शर्माले सडकमा टायर बालेर, नेपाल बन्द हडताल गरेर चक्काजाम गरेर आमनेसामने सत्तापक्ष प्रतिपक्ष भिडन्त नगरी शान्त स्वभावमा लोकतान्त्रिक शैलीमा सरकारको कामका बारेमा जागरण कार्यक्रममार्फत जानकारी गराउँदै आएको बताए ।