बिरामी अन्यत्र पठाए अस्पताललाई जरिवाना

विधेयकमा स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीलाई उपचारको व्यवस्था हुँदाहुँदै अर्को अस्पतालमा उपचारका लागि पठाएमा रु २५ हजारदेखि पाँच लाखसम्म जरिवानाको व्यवस्था छ । अनुमति नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएमा एक लाखसम्म जरिवाना र सो संस्था बन्द गराउने व्यवस्थासमेत विधेयकमा रहेको मन्त्री साहले बताए ।

प्रदेश २ सरकारले आफूले उपचार गर्न सक्ने अस्पतालले बिरामी अन्यत्र पठाएमा पाँच लाखसम्म जरिवाना हुने कानुन ल्याउन लागेको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेशसभा बैठकमा पेश गरेको सो विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको जानकारी दिए ।

विधेयकमा स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीलाई उपचारको व्यवस्था हुँदाहुँदै अर्को अस्पतालमा उपचारका लागि पठाएमा रु २५ हजारदेखि पाँच लाखसम्म जरिवानाको व्यवस्था छ । अनुमति नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएमा एक लाखसम्म जरिवाना र सो संस्था बन्द गराउने व्यवस्थासमेत विधेयकमा रहेको मन्त्री साहले बताए ।

यसैगरी सो विधेयकमा दर्ता नगरी स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सक वा व्यक्तिलाई २५ हजारदेखि एक लाखसम्म जरिवाना गर्ने व्यवस्था छ । विधेयकले ग्रामीण क्षेत्रमा धामी, झाँक्री आफू रोगको उपचार गर्ने व्यक्ति भएको भनेर बिरामीलाई अल्झाएर राख्ने र अन्तिम समयमा अस्पताल पुर्याउँदा बिरामीको मृत्यु हुने भएकाले त्यस्ता धामी, झाँक्रीलाई कानूनको दायरामा ल्याउनसमेत व्यवस्था गरिने गरी विधेयक ल्याउन लागिएको हो ।

हालसम्म प्रदेश २ को संसद्मा प्रस्तुत भएको ३६ वटा विधेयकमध्ये १६ वटा विषयगत विधेयक पारित भएको प्रदेश २ का न्यायाधिवक्ता दीपेन्द्र झाले बताए ।

पोसाक वितरण

पश्चिमी पर्साको पटेर्वासुगौली गाउँपालिका–३ कञ्चनपुर बैरियामा रहेको निरा प्राथमिक विद्यालयका करीब ४५० दलित छात्रछात्रालाई छात्रवृत्तिबापत कमिज र स्काउटको कपडा वितरण गरिएको छ । सङ्घीय सरकारको नीतिअनुरुप गाउँपालिकाबाट करीब ४८ हजार मूल्यबराबरको स्कूल पोशाक वितरण गरिएको गाउँपालिकाका उपप्रमुख ममता महतो थारूले बताए ।

सङ्घीय सरकारले स्थानीय तहको विद्यालयहरुमा खाजा कार्यक्रम तथा पोशाक वितरण गर्न शुरु गरेपछि दलित छात्रछात्राको विद्यालयप्रति आकर्षण बढ्दै गएको उपप्रमुख महतोको भनाइ छ । रासस