मलेसियाको रोजगारीको विषयमा छायाँ सरकारका श्रम मन्त्रीले संसदमा दर्ता गरिन सार्वजनिक महत्वको प्रस्ताव

नेपाली काग्रेसकी सांसद तथा छायाँ मन्त्री संग्रौलाले रोजगारीका लागि जाने नेपालीहरुलाई ठगि गर्ने कम्पनीविरुद्ध मन्त्रालयले काराबाही नगरेको आरोप पनि लगाएकी छिन् ।

काठमाडौं । रोजगारका लागि मलेसिया नखुलेको विषयमा जवाफ माग्दै छायाँ सरकारका श्रम मन्त्री डा. डिला संग्रौलाले प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छिन् ।

नेपाली कांग्रेसकी सांसद तथा छायाँ मन्त्री संग्रौलाले रोजगारीका लागि जाने नेपालीहरुलाई ठगी गर्ने कम्पनीविरुद्ध मन्त्रालयले काराबाही नगरेको आरोप पनि लगाएकी छिन् ।

झन्डै पाँच लाखभन्दा धेरै नेपाली कार्यरत रहेको र वर्षेनी दशौं अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिने मुलुकमा कामदार पठाउन रोकिएपछि त्यहाँ नेपालीका लागि रोजगारीको अवसर खुम्चिँदै गएको छ र मलेसियाली रोजगारदाताहरु विकल्प खोज्न थालेका छन् ।’ दर्ता भएको उक्त प्रस्तावमा उल्लेख छ ।