महानगरको सूचनाप्रति काङ्ग्रेसको ध्यानाकर्षण

पोखरा । नेपाली काङ्ग्रेस कास्कीले पोखराको फेवाताल संरक्षणका सम्बन्धमा पोखरा महानगरपालिकाद्वारा प्रकाशित १५ दिने सूचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काङ्ग्रेस कास्कीका सभापति बृष्णबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै फेवाताल संरक्षण र त्यस क्षेत्रको विकासका लागि भन्दै क्षतिपूर्ति बिना भत्काउने सूचना जारी हुनुले व्यक्तिको सार्वभौम सम्पत्तिमाथिको अधिकार...

पोखरा । नेपाली काङ्ग्रेस कास्कीले पोखराको फेवाताल संरक्षणका सम्बन्धमा पोखरा महानगरपालिकाद्वारा प्रकाशित १५ दिने सूचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली काङ्ग्रेस कास्कीका सभापति बृष्णबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै फेवाताल संरक्षण र त्यस क्षेत्रको विकासका लागि भन्दै क्षतिपूर्ति बिना भत्काउने सूचना जारी हुनुले व्यक्तिको सार्वभौम सम्पत्तिमाथिको अधिकार हनन भएको बताएका छन् ।

महानगरपालिकाले २०७६ जेठ ९ गते स्थानीय पत्रपत्रिकामा तोकिएको ६५ मिटर मापदण्डभित्र रहेका व्यक्तिको जमीन र त्यसभित्र बनेका संरचना १५ दिनभित्र हटाउन सूचना प्रकाशित गरेको थियो ।

सरकारी नियमले कुनै पनि योजना ल्याउँदा व्यक्ति विशेषको जमीन आवश्यक भएमा प्रचलित मूल्यअनुसार क्षतिपूर्तिसहित अधिकरण गरी मुआब्जा दिएर मात्र राज्यले लिनुपर्ने कानूनी प्रावधान रहेको काङ्ग्रेसले जनाएको छ ।    रासस