चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले उक्त शहरको सुन्दरताको बयान गरेको बताइएको छ । उनले रुसको सेन्ट पिटस्बर्ग शहरले रुसका धेरै महत्त्वपूर्ण व्यक्तिहरु जन्माएको भन्दै रुस र रुसी नागरिकका लागि सो स्थान ठूलो गर्व हो भनेको समाचारमा जनाइएको छ ।

सेन्ट पिटस्बर्ग । चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उनीहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति चिनफिङ हाल रुस भ्रमणमा छन् ।

भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले उक्त शहरको सुन्दरताको बयान गरेको बताइएको छ । उनले रुसको सेन्ट पिटस्बर्ग शहरले रुसका धेरै महत्त्वपूर्ण व्यक्तिहरु जन्माएको भन्दै रुस र रुसी नागरिकका लागि सो स्थान ठूलो गर्व हो भनेको समाचारमा जनाइएको छ ।

उनीहरुले सो भेटका क्रममा उक्त शहरका साथै रुस र चीनको पर्यटकीय एवम् अन्य विविध स्थान र शहरको बारेमा कुराकानी भएको समाचारमा जनाइएको छ । ती शहरहरुको सुन्दरताको बयान गर्दै आपसी हितका विभिन्न क्षेत्रमा कुराकानी भएको थियो ।

दुई देशका नागरिकबीचको जनसम्पर्क तथा सांस्कृतिक सम्बन्धका बारेमा उनीहरुबीच कुराकानी भएको थियो । त्यस भेटका क्रममा रुसी राष्ट्रपति पुटिनले रुसले थप चिनियाँ पर्यटकलाई स्वागत गर्न चाहेको बताएका थिए ।

चिनियाँ राष्ट्रपति सि सेन्ट पिटस्बर्ग पुगेपछि उनी र रुसी राष्ट्रपति पुटिनबीच विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा कुराकानी भएको थियो ।

समसामयिक अन्तर्राष्ट्रिय राजनीतिका साथै विविध क्षेत्रीय विषयहरुमा उनीहरुबीच कुराकानी भएको समाचारमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सि बिहीबार बिहान सेन्ट पिटस्बर्ग पुगेका हुन् । उनी २३ औँ सेन्ट पिटस्बर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा भाग लिन यहाँ आएका हुन् । रासस/एएफपी