श्रम मन्त्रालयले छनोट गर्यो स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्था (नामावलीसहित)

सूचीकरण भएका संस्थाहरुले वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ कको उपनियम (६)बमोजिमको धरौटी र सूचीकरण शुल्क जम्मा गरी सोको सक्कल भौचरसहित मन्त्रालयमा सूचीकरणको पत्रका लागि ७ दिनभित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।

काठमाडौं । वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ५१ ओटा स्वास्थ्य संस्था छनोट गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार स्वास्थ्य परीक्षणका लागि निवेदन दिएका १ सय २६ ओटा स्वास्थ्य संस्थामध्ये वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ कको उपनियम(५) तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को उपदफा (८)बमोजिम सूचीकरण गरिएको हो ।

सूचीकरण भएका संस्थाहरुले वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ कको उपनियम (६)बमोजिमको धरौटी र सूचीकरण शुल्क जम्मा गरी सोको सक्कल भौचरसहित मन्त्रालयमा सूचीकरणको पत्रका लागि ७ दिनभित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।

(नामावली हेर्नुस्)