सरकारले मिडिया विधेयक ल्याउँदा तयारी पुगेनः प्रचण्ड

प्रचण्डले भने, ‘मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ ।’ सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको भन्दै उनले भपे, ‘जति गृहकार्य भएर विधेयक आउनु पथ्र्यो, केही कमी रहेको देखियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले बुधबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताए ।

प्रचण्डले भने, ‘मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ ।’ सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको भन्दै उनले भपे, ‘जति गृहकार्य भएर विधेयक आउनु पथ्र्यो, केही कमी रहेको देखियो ।

अर्को एक प्रसङ्गमा अध्यक्ष दाहालले यहाँ बन्न लागेको रङ्गशालामा सरकारले सहयोग गर्ने बताउनुभएको छ । आफैँले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट गरी यस्ता रङ्गशालालाई सरकारले प्रोत्साहन गर्ने भनी नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिए । उनले भने, ‘मैले त्यसरी नीति तथा कार्यक्रममा राख्नुको मनसाय चाँहि चन्दाले मात्रै ठूला आयोजना नहुन सक्छ । सरकारले सहयोग गर्नुपर्छ भनेर हो ।’

रङ्गशालालाई सहयोग गर्ने सरकारको आधार तयार गरिएको उनले प्रष्ट पारे । धुर्मुस सुन्तली फाउण्डेसनले यहाँ निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्थानीयले बार भत्काएपछि हाल काम रोकिएको छ ।

अध्यक्ष दाहालले पार्टी एकता प्रक्रियामा टुङ्गो लाग्न बाँकी रहेका इञ्चार्ज, सहइञ्चार्ज, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, आयोगलगायत एकै साथ प्याकेजमा टुङ्गो लाग्ने बताए ।