गुटबन्दी अन्त्य हुनुपर्ने भन्दै नेविसंघद्धारा काँग्रेस केन्द्रिय कार्यालयमा धर्ना

पछिल्लो समय नेपाली काग्रेसमा मौलाउँदै गएको गुटबन्दी अन्त्यको माग गर्दै नेपाल विद्यार्थी संघले आइतबार नेपाली काग्रेस केन्द्रित कार्यालयमा धर्ना दिएको छ । नेविसंघका कार्यकर्ताले गुटबन्दी अन्त्य गर्नुपर्ने र पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने भन्दै नाराबाजी समेत गरेका छन् ।

काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा भाग लिन पुगेका देउवालाई गुट उपगुट अन्त्य नभएसम्म पार्टी सुदृढ नहुने भन्दै गुटबन्दी त्याग्न आग्रह गरे । झण्डा, व्यानर लिएर धर्नामा उत्रेका कार्यकर्ताले सभापति देउवालाई भेटी गुट रहित लेखिएको चश्मा उपहार दिएका थिए । तर, देउवाले उक्त चश्मा लिन भने लिएनन् ।

काँग्रेसमा देखिने गरी देउवा र पौडेल खेमा छन, भने अन्य नेताका छुट्टाछुट्टै गुट उपगुट छन ।