काठमाण्डौको पुतलीसडकस्थित पुरानो सेयर मार्केट भवनमा एलपी ग्याँसको सिलिन्डर विष्फोटन भइ आगलागी भएको छ । सोमबार विहान भएको आगलागीबाट भवनमा पूर्ण रुपले क्षति भएको कमलपोखरी प्रहरी वित्तले जनाएको छ ।
आगलागी अहिले नियन्त्रणमा आइ नसकेको प्रत्यक्षदर्शी निकेश खत्रीले जानकारी दिए । ‘आगो अनियन्त्रित भएको छ । अन्य भवनमा पनि आगो सल्किएको छ ।’ खत्रीले क्यापिटल नेपाललाई जानकारी दिए ।
अहिले आगलोगी नियन्त्रणका लागि काठमाण्डौ महानगरपालिका, नेपाली सेना तथा नेपाल प्रहरीका गरी चारवटा दमकल प्रयोग भएका छन ।