अर्थका लागि सुरेन्द्र पाण्डे, ईश्वर पोखरेल र विष्णु पौडेलले प्रधानमन्त्री ओलीसँग लबिइङ गरिरहेका थिए । मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरिसकेको डा. खतिवडा सन् २००९ मै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका छन् । त्यसको केही समयपछि राष्ट्र बैंकको गभर्नरमा नियुक्त खतिवडाले त्यसबाट अवकाश पाएपछि पुनः योजना आयोगको उपाध्यक्षका रूपमा समेत काम गरिसकेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा डा. युवराज खतिवडालाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्री बनाउने निर्णय गरिसकेका हुन् । यसअघि अर्थमन्त्रीका लागि एमाले महासचिव ईश्वर पोखरेलको चर्चा थियो । तर खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी पाउने निश्चित भएको हो ।
खतिवडाले सोमबार अपराह्न नै मन्त्रीका रुपमा शपथ लिएका छन् । उनीसँगै महासचिव पोखरेलले पनि रक्षामन्त्रीको मन्त्रीको शपथ लिए ।
ओली सरकारले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. खतिवडासहित तीनजनालाई राष्ट्रिय सभामा मनोनयनका लागि गरेको निर्णयलाई सर्वोच्च अदालतले आइतवार तत्काल कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश दिइसकेको छ । यति हुँदाहुँदै पनि डा. खतिवडालाई अर्थमन्त्री बन्न संवैधानिक बाधा पर्नेछैन । मन्त्री भएको ६ महिनाभित्रमा उनी सांसद बनिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
अर्थका लागि सुरेन्द्र पाण्डे, ईश्वर पोखरेल र विष्णु पौडेलले प्रधानमन्त्री ओलीसँग लबिइङ गरिरहेका थिए । मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरिसकेको डा. खतिवडा सन् २००९ मै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका छन् । त्यसको केही समयपछि राष्ट्र बैंकको गभर्नरमा नियुक्त खतिवडाले त्यसबाट अवकाश पाएपछि पुनः योजना आयोगको उपाध्यक्षका रूपमा समेत काम गरिसकेका छन् ।
खतिवडासहित चार मन्त्रीले लिए शपथ
प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअनुसार डा. खतिवडा अर्थमन्त्री र रामबहादुर थापा गृहमन्त्री, बनेका छन् । उनले सरकारमा पार्टीको नेतृत्वसमेत गर्नेछन् । यसैगरी माओवादीबाट मात्रिका यादव मन्त्री बनेका छन् ।
एमालेबाट महासचिव ईश्वर पोखरेलले रक्षामन्त्रीको जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
सोमबारको विस्तारसँगै ओली सरकार सात सदस्यीय बनेको छ । लालबाबु पण्डित र थममाया थापा प्रधानमन्त्रीको सपथकै दिन मन्त्री नियुक्त भएका थिए ।