ट्र्याक्टर दुर्घटनामा एकको ज्यान गयो

पश्चिम बाग्लुङको ढोरपाटन नगरपालिका—२ स्थित सोरखोला भन्ने ठाँउमा ट्र्याक्टर दुर्घटना हुँदा एकको ज्यान गएको छ । आइतबार राति दुई ट्र्याक्टर दुर्घटना हुँदा सवार एकजनाको घटनास्थलमै ज्यान गएको हो ।

राति करिब ११ बजे लु ३ त २८१६ नम्बरको ट्र्याक्टर अधिकारीचौरदेखि बुर्तिबाङ आउँदै गर्दा सडकदेखि करिब १ मिटर तल भुजिखोलामा खसेर दुर्घटना हँुदा प्युठान झिमरुक गाउपालिकाका २४ वर्षीय शेरमान पुनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । घटनालगत्तै प्रहरीले चालकलाई पक्राउ गरेको छ ।

दुर्घटनामा स्थलदेखि करिब १ सय मिटर नजिकै रातको करिब १२ बजेको समयमा लु १ त ८०८१ नम्बरको ट्याक्टर अधिकारीचौरदेखि बुर्तिबाङ बजारतर्फ आउँदै गर्दा दुर्घटना भएको हो । त्यस क्षेत्रमा सडक साँघुरो भएका कारण उक्त घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।