रङ्गशालाका लागि ३४ करोड

जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ । पूर्वाधारको अभावले राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालनमा समस्या भएको छ । पछिल्लो समयमा खेलकुद परिषद्ले विनियोजन गरेको उक्त रकमले जिल्लामा भौतिक पूर्वाधारमा सघाउने विश्वास खेलाडीले राखेका छन् ।

दाङको बेल्झुण्डीमा रङ्गशाला निर्माणका लागि ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद्ले उक्त बजेट निनियोजन गरेको हो । सो बजेट हालसम्मकै धेरै हो ।

जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ । पूर्वाधारको अभावले राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालनमा समस्या भएको छ । पछिल्लो समयमा खेलकुद परिषद्ले विनियोजन गरेको उक्त रकमले जिल्लामा भौतिक पूर्वाधारमा सघाउने विश्वास खेलाडीले राखेका छन् ।

जिल्ला खेलकुद विकाश समितिको सक्रियातामा गुरुयोजना निर्माण गरिएसँगै पूर्वाधार निर्माणका लागि उक्त रकम खर्च गरिनेछ । तुलसीपुर–१९ बेलझुण्डीस्थित खेलकुद विकास समितिको कार्यालय परिसरमा रङ्गशाला निर्माण गरिने समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले बताए ।

खेलकुद परिषद्ले केही दिनमै शिलान्यास गर्ने योजनासहित निर्माणका लागि टेन्डरसमेत आह्वान गरेको छ । रासस