झोउ होङ्गीले त्यस्तै गरे, आफ्नो अनलाइन सुरक्षा फर्म कम्पनीलाई चीनमा स्थानान्तरित गरे र यसलाई एउटा शेल कम्पनीमा विलय गरे, जुन कम्पनी गत वर्षको नोभेम्बर महिनामा यस योजनाको घोषणा गरेपछि ५५० प्रतिशतले बढ्यो ।
जब एउटा स्टक एक्सचेन्ज कम्पनीबाट अर्को स्टक एक्सचेन्जमा स्थानान्तरण हुँदा तपाइँको नेटवर्थ बहुगुणाले बढ्छ भने लगभग दुई अर्ब डलरको सामग्री के नै हुन सक्छ र ?
झोउ होङ्गीले त्यस्तै गरे, आफ्नो अनलाइन सुरक्षा फर्म कम्पनीलाई चीनमा स्थानान्तरित गरे र यसलाई एउटा शेल कम्पनीमा विलय गरे, जुन कम्पनी गत वर्षको नोभेम्बर महिनामा यस योजनाको घोषणा गरेपछि ५५० प्रतिशतले बढ्यो । क्युहू ३६० टेक्नोलजी कम्पनीलाई जुलाई २०१६ मा न्युयोर्क स्टक एक्सचेन्जबाट हटाइयो र ३६० टेक्नोलजी कम्पनीका रुपमा शङ्घाईमा कारोबार सुरु गर्यो । ब्लुमबर्ग अर्बपति सूचकाङ्कअनुसार यस कदमले झोउको खुद सम्पत्ति १४.१ बिलियन डलर पुग्यो र उनलाई चीनको ११औं सबैभन्दा धनी व्यक्ति बनायो ।
४७ वर्षीय झोउले गत नोभेम्बरमा संवाददाताहरुसँग भने, चीनको राष्ट्रीय हितसँग आफूलाई जोडेका कारण उनले आफ्नो देशको सेयर कारोबार गर्ने कम्पनीमा स्थानान्तरित गरेका हुन्, जहाँ कम्युनिस्ट पार्टीले देशको ‘साइबर सुरक्षा सम्प्रभुता’लाई कसिलो बनाएको छ ।
पहलो दिन उहापोहको स्थिति रह्यो । गत बुधवार बिहान कारोबार हुँदा ३.८ प्रतिशतको वृद्धिसँगै सेयरमा उतार चढाव हुँदै १० प्रतिशतसम्म तल झर्यो । शङ्घाइमा बिहान १०ः४९ बजे स्टक ६.४ प्रतिशतले घटेर ५९.१५ युआन पुग्यो ।
‘तथापि चीनको उन्नत प्राविधिक मूल्याङ्कन आकर्षण हुनसक्छ’, बोकोम इन्टरनेसनल होल्डिङ्स कम्पनीका विश्लेषक सन मेङ्कीले भने, ‘अमेरिका र चीनबीच पर्याप्त मूल्यनिर्धारण अन्तर हुन सक्छ ।’
एन्टीभाइरस उत्पादन
गत महिनाको एउटा अधिग्रहण प्रस्तावका अनुसार झोउले ३६० सेक्युरिटीमा सिधै तथा तियान्जिन किक्सिन झिचेङ टेक्नोलोजी लिमिटेड र तियान्जिन झोङसिन इनभेस्टमेन्ट एलपीको माध्यमले २३ प्रतिशत स्वामित्व हात पारे । कम्पनीकी प्रवक्ता यू जिङले झोउको नेट वर्थबारे टिप्पणी गर्न अस्वीकार गरिन् ।
फर्मले एक वर्षअघिको ९.४ बिलियन युआनको तुलनामा २०१६ मा ९.९ बिलियन युआन बढीको राजस्व तिरेको छ । यसको अधिकांश बिक्री अनलाइन विज्ञापनबाट आउँछ, जुन यसका एन्टिभाइरस उत्पादनका उपयोगकर्ताहरुलाई उत्प्रेरित गर्छन् ।
झोउ चीन फर्कने पहिलो टेक मुगल होइनन् । शेन्जेनमा दुई वर्षपछिदेखि सम्बन्धित शर्ट–विक्रेता कारसन ब्लकको दबावमा आएपछि अर्बपति जेसन जियाङको फोकस मिडियाले २०१३ मा ३.७ अर्ब डलरमा किनेको थियो । त्यहाँदेखि कम्पनीको बाजार मूल्य बढेर २९ अर्ब डलर भएको छ ।
झोउले यूएस फर्मलाई एउटा सर्च इन्जिन स्टार्टअप बेचेपछि २००० मा याहु चाइनाको प्रमुखका रूपमा केही समय काम गरे । र, २००३ मा अर्बपति साथी क्यू जियाङदोङसँग मिलेर क्युइहू ३६० को स्थापना गरे ।
भेनस फेङ तथा ब्लेक श्मिद्त