स्विट्जरल्यान्डको वर्चस्व सकियो, एप्पलले घडी बिक्रीमा उछिन्यो

ऐतिहासिक रूपले घडी उद्योगको श्याम्पेन क्षेत्र तथा ट्याग हेयर, रोलेक्स एवम् ब्रेइटलिङ जस्ता शीर्ष निर्माताहरुको जन्मस्थान स्विट्जरल्यान्डले सन् २०१७ को अन्तिम त्रैमासमा बेचेको ६८ लाखलाई पछिपार्दै आईम्याक, आईप्याड तथा ससाना चार्जिङ केबलको वास्तुकार एप्पलले आश्चर्यचकित रुपले ८० लाख थान घडी बेच्यो ।

घडी उद्योगको नयाँ केन्द्र कहाँ छ ? यदि तपाइँले स्विट्जरल्यान्ड भनेर उत्तर दिनुभएको छ भने, एक पटक फेरि सोच्नुहोस् । परम्परागत उच्च गुणस्तरका घडी निर्मातालाई मात दिन नयाँ प्रतिस्पर्धी आउँदैछ, टेक–दिग्गज एप्पल ।

ऐतिहासिक रूपले घडी उद्योगको श्याम्पेन क्षेत्र तथा ट्याग हेयर, रोलेक्स एवम् ब्रेइटलिङ जस्ता शीर्ष निर्माताहरुको जन्मस्थान स्विट्जरल्यान्डले सन् २०१७ को अन्तिम त्रैमासमा बेचेको ६८ लाखलाई पछिपार्दै आईम्याक, आईप्याड तथा ससाना चार्जिङ केबलको वास्तुकार एप्पलले आश्चर्यचकित रुपले ८० लाख थान घडी बेच्यो । गत सेप्टेम्बरमा तेस्रो पुस्ताको ऐप्पल वाच आएपछि यस्तो तरङ्ग बढेको हो । पुरानो तथा प्रतिष्ठित क्वार्ज घडी व्यवसायको तुलनामा ग्राहकले कुरा गर्न मिल्ने, जीपीएस तथा सङ्गीतको मजा पनि लिन सकिने स्मार्टवाचमा रुचि देखाउन सुरु गरेकाले यो सङ्ख्या त आधारविन्दु भएको पर्यवेक्षकहरु बताउँछन् ।


तर सन् २०१७ भरि ऐप्पलले बेचेको जम्माजम्मी १८० लाखको तुलनामा स्विट्जरल्यान्डले कुल २४० लाख थान घडी निर्यात गरेकाले परम्परागत निर्माताहरुका दिन गए भनिहाल्नु त्यति बुद्धिमानी हुन्न ।

‘वर्षको अन्तिम चौमासमा जहिले पनि व्यापार बढेको हुन्छ, तर त्यो वृद्धि वर्षभरि टिक्दैन’, आईडीसी युरोपियन मोबाइल डिभाइसेजका अनुसन्धान निर्देशक फ्रान्सिस्को जेरोनिमोले भने, ‘(तर) अन्य उद्योगहरुले यस किसिमका जोखिमलाई धेरै लामो समयसम्म बेवास्ता गर्ने गल्ती गरे ।’
जब कम्पनीहरु देशभन्दा अघि बढ्छन् ।

यो अचम्म छ, देशलाई छाँयामा पार्ने एप्पल पहिलो टेक दिग्गज होइन । वास्तवमा विश्वका प्रमुख व्यावसायिक सङ्गठनहरुले कारोबार रकमका सन्दर्भमा आफ्ना देशलाई नियमित रूपले मात दिने गरी प्रदर्शन गरेका छन् । एनजीओ ग्लोबल जस्टिस नाउको अनुसन्धान अनुसार विश्वका शीर्ष सय वैश्विक आर्थिक संस्थाहरुमा ६९ ओटा कम्पनी निजी हुन्, तीमध्ये १०ओटा कम्पनीले विश्वका अधिकांश मुलुकको संयुक्त सम्पत्तिभन्दा धेरै पैसा कमाउँछन् ।

ग्लोबल जस्टिस नाउको सन् २०१५ को रिपोर्टअनुसार वालमार्ट, रोयल डच शेल र फक्सवागन सहितका फर्महरुले २०१६ मा सबैभन्दा धनी मुलुकलाई चित पारेका थिए, जबकि टोयोटाले भारतलाई मात दिएको थियो । बीपीले नर्वे र रूसलाई उछिनेको थियो भने संयुक्त अरब इमिरेट्सको सकल पेट्रोकेमिकलले पनि यसलाई अमेरिकी फेडरल नेसनल मोरगेज एसोसिएसनभन्दा माथि उक्लन दिएन ।

यहाँ यो थप्न महत्त्वपूर्ण छ कि माथिको चार्ट राजस्वमा आधारित हो, जीडीपीमा होइन । एउटा उदाहरणः, रूसी सरकारको सन् २०१६ को राजस्व २१६ अर्ब डलर त्यहाँको कुल गार्हस्थ्य उत्पादन १.३ ट्रिलियन डलरको तुलनामा केही होइन । जुन गार्हस्थ्य उत्पादनले रसियालाई सबै प्रमुख कम्पनीभन्दा आरामले अगाडि राख्ने छ ।