भेटघाटका क्रममा कन्सुलर राजेश काजी श्रेष्ठले दुई देशबीचको आर्थिक, व्यापारिक तथा पर्यटन विस्तारका लागि हवाई सम्पर्क विस्तारका लागि अनुरोध गरे ।
भारतको भ्रमणमा रहेका भियतनामका राष्ट्रपति ट्रान दाई क्वाङ समक्ष नेपालका लागि भियतनामका कन्सुलर राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भेट गरी द्विपक्षीय सम्बन्ध विस्तारबारे छलफल गरेको छ ।
भेटघाटका क्रममा कन्सुलर राजेश काजी श्रेष्ठले दुई देशबीचको आर्थिक, व्यापारिक तथा पर्यटन विस्तारका लागि हवाई सम्पर्क विस्तारका लागि अनुरोध गरे । भियतनामले सूचनाप्रविधि, कृषि तथा प्रविधिमा गरेको सफलता तथा अनुभव नेपालको विकासका लागि आवश्यक रहेको कुरा बताउँदै उनले नेपालमा लगानी विस्तारका लागि समेत अनुरोध गरे । साथै भियतनामका बौद्ध धर्मावलम्बीहरुलाई बुद्धको जन्मभूमि नेपाल उत्कृष्ट गन्तव्य हुने बताए ।
छलफलका क्रममा नेपाल भियतनाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक मल्होत्रा, महासचिव गोपालदास मानन्धर, सदस्यहरु दीपक काजी तुलाधर तथा पहलमान गुरुङले दुई देशबीच व्यापारिक सम्बन्ध विस्तारमा सङ्घले विभिन्न कार्य गर्दै आइरहेको बताएका थिए ।