देउवा संसदीय दलकाे नेतामा निर्वाचित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित  भएका छन् । मतदानमा देउवाले ४४ मत प्राप्त गरे भने प्रकाशमान सिंहले १९ मत प्रप्त गरे  ।

सर्वसम्मतिको प्रयास असफल भएपछि दुवैबीच प्रतिस्पर्धा भएको थियो । सिंहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र देउवालाई आफ्नै पक्षको समर्थन रहेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूह भने दुवैतिर बाँडिएको बुझिएको छ ।

देउवाले वारेसमार्फत संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका थिए । आफु व्यस्त रहेकाले देउवाले केन्द्रीय सदस्य बालकृष्ण खाँणमार्फत उम्मेदवारी दर्ता गराएका थिए ।