अमेरिका किन चाहन्छ, व्यापारिक युद्ध ?

भारतीय सरकारी अधिकारीले यस प्रकारको कदम वर्ल्ड ट्रेड अर्गनाइजेसन (डब्ल्यूटीओ) को मर्मअनुसार छ कि छैन हेर्ने बताएका छन् । उनले भने, ’हामी कानुनी रुपले यो परीक्षण गरिरहेका छौं कि कुनै मुलुकलाई आफ्नो देशको उद्योग सुरक्षित गर्न आफ्नो कानुन लागू गर्ने छुट छ कि छैन र यो विश्व व्यापार सङ्गठनको मर्मअनुसार छ वा छैन ।’

अमेरिकाले हालै स्टिल र एल्युमिनियमको आयातमा ड्यूटी बढाएको छ । भन्सार बढाएर आफ्नो स्थानीय उद्योगलाई सुरक्षित गर्न आफ्नो कानुन प्रयोग गर्ने छुट छ कि छैन भनेर भारतले कानुनी उपचार गर्दैछ । अमेरिकाले आफ्नो व्यापार घाटा कम गर्नका लागि यस्तो कदम चाल्दैछ । यसले भारतको समस्या बढ्न सक्छ, किनकि भारतबाट आयात हुने उत्पादनमा अमेरिकाले भन्सार बढाउन सक्ने आशङ्का छ ।

गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा ट्विटमा, ’जब कुनै देश (अमेरिका) प्रत्येक देशसँग आफ्नो व्यापारमा अर्बौ डलरको क्षति बेहोरिरहेको छ भने ‘ट्रेड वार’ राम्रो हो’ भनेका थिए ।

भारतीय सरकारी अधिकारीले यस प्रकारको कदम वर्ल्ड ट्रेड अर्गनाइजेसन (डब्ल्यूटीओ) को मर्मअनुसार छ कि छैन हेर्ने बताएका छन् । उनले भने, ’हामी कानुनी रुपले यो परीक्षण गरिरहेका छौं कि कुनै मुलुकलाई आफ्नो देशको उद्योग सुरक्षित गर्न आफ्नो कानुन लागू गर्ने छुट छ कि छैन र यो विश्व व्यापार सङ्गठनको मर्मअनुसार छ वा छैन ।’

अमेरिकी कमर्स डिपार्टमेन्टले १२ देशबाट स्टिल इम्पोर्टमा कम्तीमा ५३ प्रतिशत भन्सार लगाउने सिफारिस गरेको थियो । त्यसपछि यो कदम उठाइएको हो । यी १२ देशमा ब्राजिल, चीन, कोस्टारिका, ग्रीस, भारत, मलेसिया, रूस, दक्षिण कोरिया, दक्षिण अफ्रिका, थाईल्यान्ड, टर्की तथा भियतनाम हुन् । एउटा रिपोर्टअनुसार, २०१७ मा अमेरिकालाई स्टिल निर्यात गर्नेमा यी देशहरुको हिस्सा ४ प्रतिशतभन्दा थोरै थियो ।

अमेरिकाले अब सोलार प्यानल, वासिङ मेसिनजस्ता उत्पादनहरुको आयातमा हस्तक्षेप गर्ने विचार गरिरहेको छ । हुन त यसको असर भारतलाई खासै पर्दैन, किनकि भारतले यी वस्तुहरुको निर्यात त्यति गर्दैन । तर, भारतलाई आशङ्का छ कि आउँदा दिनमा अमेरिकाले यस्ता उत्पादनमा पनि भन्सार बढाउन सक्छ जुन सामान ठूलो मात्रामा भारतबाट निर्यात हुन्छन् ।

ट्रम्पले अर्को ट्विटमा भनेका थिए, ’हामीले आफ्नो देश तथा आफ्ना कामदारहरुलाई सुरक्षित गर्नु पर्छ । हाम्रो स्टिल उद्योगको स्थिति खराब छ ।’ सन् २०१६–१७ मा भारतले अमेरिकालाई १.२६ अर्ब डलरको आइरन तथा स्टिल उत्पादन निर्यात गरेको थियो । ३.५ करोड टनसहित अमेरिका विश्को सबैभन्दा धेरै स्टिल आयात गने देश हो ।

फेडरेसन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजसन्सका निर्देशक जनरल अजय सहायका अनुसार, भारतलाई यसको खासै असर पर्दैन । ‘यदि चीन र क्यानाडालाई असर पर्छ भने यसले वास्तवमा हामीलाई फाइदा हुनसक्छ, तर यस प्रकारका व्यवहार अरु देशहरुले पनि गर्न सक्छन् । यदि यस्तो हुन्छ भने यसले विश्व व्यापारमा असर पर्छ र भारत पनि यसबाट अछूत हुन्न ।’

चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिँदै भनेको छ, यदि वाशिङटनले व्यापारिक युद्ध (ट्रेड वार) सुरू गर्छ भने उसले यसको परिणाम भोग्नु पर्छ । चीनको नेसनल पिपल्स कङ्ग्रेसका प्रवक्ता जेङ येस्यूईले एक प्रेस कन्फ्रेन्समा भने, ’चीन, अमेरिकासँग ट्रेड वार चाँहदैन, तर आफ्नो हितमा हानि पुग्ने कुनै पनि कदमप्रति चुप लागेर बस्दैन र आवश्यक कदम उठाउने छ ।’

समाचार एजेन्सी एफईको समाचारअनुसार जेङले वाशिङटनलाई चेतावनी दिँदै भने कि गलत निर्णय र गलत धारणामा आधारित नीतिहरुले आपसी सम्बन्धलाई हानि पुर्याउने छन् तथा यसका यस्ता परिणाम हुनेछन् कि दुवै पक्षले हेर्न चाहन्नन् । चीनको यो प्रतिक्रिया गत साता ट्रम्पले गरेको घोषणापछि आएको हो ।

अमेरिकी प्रशासनले स्टिल आयातमा २५ र आल्मुनियम उत्पादनमा १० प्रतिशत कर लगाउने ट्रम्पले घोषणा गरेका थिए । साथै उनले व्यापार युद्धलाई ‘सही’ भनेका थिए । जेङले भने, २०१७ मा दुई आर्थिक शक्तिहरुबीचको कुल व्यापार ५८० अर्ब डलर पुग्यो, त्यसकारण केही टकराव हुनु स्वाभाविक हो । तर, आपसी सहयोग नै यी मतभेदलाई पन्छाउने एकमात्र उपाय भएको उनले जोड दिँदै भने ।

उनले चीनका शीर्ष आर्थिक सलाहकार लियु हीको यसै साता हुने वाशिङटनको भ्रमणको उदाहरण दिए । लियु अमेरिकी सरकारी अधिकारीहरुसँग छलफल गर्नेछन् ।                                                                                                एजेन्सीको सहयोगमा