सङ्कलित रकमबाट सो क्षेत्रका विपन्न बोटे, दलित र चेपाङ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्यका साथ सो महायज्ञ सुरु गरिएको थियोे ।
कालिका नगरपालिका वडा नं ५ पदमपुरमा सञ्चालित श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा दुई करोड ५० लाख रुपैयाँ सङ्कलन भएको छ ।
सङ्कलित रकमबाट सो क्षेत्रका विपन्न बोटे, दलित र चेपाङ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्यका साथ सो महायज्ञ सुरु गरिएको थियोे । यसका अतिरिक्त पौराणिक भीमबलि मन्दिर निर्माण सम्पन्न गर्ने विवाह, व्रतबन्ध मण्डप, धार्मिक पुस्तकालय, योग भवन, थारु सङ्ग्रहालय र बाल उद्यानसमेत निर्माण गर्ने लक्ष्य छ रहेको मूल समारोह समितिका महासचिव भीष्मप्रसाद खनालले जानकारी दिए ।
यही फागुन १३ देखि २० गतेसम्म सञ्चालित महायज्ञमा वाचन प्रवीण पं दीनबन्धु पोखरेलबाट श्रीमद्भागवत कथा वाचन भएको थियो । तेह्र कट्ठा क्षेत्रफल रहेको सो मन्दिर परिसरमा शिवालय मन्दिर, दुर्गा, ब्रह्मास्थान, गढीमाईको समेत मन्दिर छन् ।