त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई अर्थमन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शङ्करदास वैरागीले बिदाइ गरे ।
नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासी आज अपराह्न स्वदेश प्रस्थान गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई अर्थमन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शङ्करदास वैरागीले बिदाइ गरे । स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले शिष्टाचार भेट गर्नुका साथै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए । त्यस्तै पाकिस्तानका प्रधानमन्त्री अब्बासीले आज बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा उनले आफ्ना नेपाली समकक्षी प्रधामन्त्री केपी शर्मा ओलीसँग सोमबार साँझ पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए ।