कुम्हाल समुदायको माटोका भाँडा बनाउने पेसा सङ्कटमा

बजारमा प्लास्टिकका बाल्टिन, जग, डस्टबिन, थाल, लगायतका सामग्रीले माटाका भाँडाको व्यापार खुम्च्याइदिएको विगत ३० वर्षदेखि माटाका भाँडा बनाउँदै आएका विराटनगरका सत्यनारायण पण्डितको भनाइ छ ।

मोरङ, पथरीका कुम्हाल समुदायको माटोको सामग्री बनाउने पुख्र्यौैली पेसा सङ्कटमा परेको छ । प्लास्टिकका भाँडा प्रयोग हुनाले माटोका सामग्री बिक्री हुन छाडेपछि कुम्हालेको पेसा सङ्कटमा परेको हो ।

बजारमा प्लास्टिकका बाल्टिन, जग, डस्टबिन, थाल, लगायतका सामग्रीले माटाका भाँडाको व्यापार खुम्च्याइदिएको विगत ३० वर्षदेखि माटाका भाँडा बनाउँदै आएका विराटनगरका सत्यनारायण पण्डितको भनाइ छ ।

पण्डितका अनुसार करिब २० वर्षपहिले माटोका भाँडा बनाएर वर्षमा ५ देखि ६ लाख रुजैयाँ कमाई हुने गरेको थियो । तर अहिले अरू बेला बिक्री नै हँुदैन, भइहाल्यो भने चाडपर्वको याममा ५०/६० हजारसम्म आम्दानी हुन्छ । उनले भने, ‘आम्दानी नभएपछि वर्षभरि परिवार पाल्न साहुमहाजनसँग लिएको ऋण तिरेर छाक टार्ने जोहो गर्छौं ।’

अर्का रामसुफल पण्डितले आपूmहरुको पुख्र्यौंली पेसा परम्परागत संस्कारले मात्रै धानेको बताउँछन् । ‘माटोको सामग्रीको व्यावसायीकरण नभएकाले आपूmहरुको पेसा परम्परागत मान्यताले मात्रै थामेको छ,’ उनले भने, ‘अहिलेको महँगो व्यवस्थामा माटोका सामग्री बनाउनेदेखि आगोमा पोलेर तयार पार्दासम्म माटो, दाउरा, रङलगायतका सामग्री चर्को मूल्यमा खरिद गर्नुपर्छ ।’ आपूmहरुको पेसा व्यवसायीकरणका लागि सरकारी निकायका साथै गैरसरकारी सङ्घसंस्थाको ध्यान पुग्न नसकेको उनको गुनासो छ ।

आपूmहरुको जातीय पेसा व्यवसायीकरण नहुँदा युवापुस्ता अन्य पेसा व्यवसायका साथै वैदेशिक रोजगारीका लागि खाडी मुलुक पलायन हुन बाध्य भएको उनको भनाइ थियो ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार कुम्हाल जातिका महिला ३० हजार ४१६ र पुरुष ३१ हजार ९८३ गरी कुल ६२ हजार ३९९ जनसङ्ख्या छ । उनीहरु तराई मधेशका जिल्लामा छरिएर बसोबास गर्दै आइरहेका छन् । कुम्हालले माटोका कलश, कोहा, ढकन, घैला, दियो बनाउने गर्दछन् ।