शीर्ष ५ सय धनाढ्यहरुले एक हप्तामा गुमाए १ सय ३३ खर्ब रुपैयाँ

गत फेब्रुअरी २६ देखि मार्च दुई तारिकसम्म सबैभन्दा बढी गुमाउनेमा वर्कशियर हाथवेका प्रमुख वारेन बफेट परे । उनको सम्पत्तिमा लगभग ३.७४ अर्ब डलर नोक्सान भयो । दोस्रो नम्बरमा धेरै सम्पत्ति फेसबुकका मार्क जुकरबर्गले गुमाए । उक्त अवधिमा उनको करिब ३.७१ अर्ब डलर चट भयो ।

बितेको हप्ता दिनमा विश्वका शीर्ष ५ सय धनी व्यक्तिहरु एक सय ३३ खर्ब रुपैयाँ गुमाएका छन् । यो रकम नेटफ्लिक्स वा म्याकडोनाल्ड कर्पको कुल बजार सम्पत्तिबराबर हो । गत फेब्रुअरी २६ देखि मार्च दुई तारिकसम्म सबैभन्दा बढी गुमाउनेमा वर्कशियर हाथवेका प्रमुख वारेन बफेट परे । उनको सम्पत्तिमा लगभग ३.७४ अर्ब डलर नोक्सान भयो । दोस्रो नम्बरमा धेरै सम्पत्ति फेसबुकका मार्क जुकरबर्गले गुमाए । उक्त अवधिमा उनको करिब ३.७१ अर्ब डलर चट भयो ।

अल्फाबेटा इन्कका ल्यारी पेजको सम्पत्तिमा ३.१ अर्ब डलरको चुना लाग्यो । अल्फाबेट इन्ककै सर्गेई बिन पनि करिब ३ अर्ब डलरबाट हात धुन पुगे । स्पेनका अमान्सियो अर्टेगाको सम्पत्तिमा साढे दुई अर्ब डलर घट्न गयो ।

यता चीनका दिग्गज धनाढ्य हस्तीहरुको पनि रुवावासी चल्यो । चिनियाँ धनकुबेरहरुको कुल सम्पत्तिमा १४ अर्ब डलरको क्षति भयो ।

कारणः
यतिका धेरै सम्पत्तिको क्षयीकरणको मुख्य कारण हो, गत १ मार्चमा स्ट्यान्डर्ड एन्ड पुअर्स (एसएन्डपी) ५०० इन्डेक्समा भारी गिरावट । मार्चको सुरुमै कारोबार १.३ प्रतिशत घटेको एसएन्डपी ५०० लगातार साताको अन्त्यसम्म घटेर ३.७ प्रतिशतसम्म पुग्दा यस्तो नोक्सानी बेहोरेका हुन् ।

यसैबीच अमेजनका सीईओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् । सुन्दा अचम्म लाग्ला, तर जेफ बेजोसको कुल सम्पत्ति सय बिलियन डलरभन्दा बढी पुगेको छ । यति धेरै सम्पत्ति विश्वमा पहिला अरु कसैको थिएन । फोर्ब्स पत्रिकाले प्रकाशन गरेको विश्वका धनीहरुको वार्षिक सूचीमा बेजोसको सम्पत्ति ११.६३ लाख करोड रुपैयाँ आँकलन गरिएको छ । बेजोसले फोर्ब्सको अर्बपतिहरुको सूचीमा पहिलो पटक नम्बर १ मा आफ्नो स्थान बनाएका हुन् ।