यसक्रममा माओवादीका पाँच र एमालेका ६ जना सांसद मन्त्री हुँदैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसक्रममा माओवादीका पाँच र एमालेका ६ जना सांसद मन्त्री हुँदैछन् ।
माओवादीबाट वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, चक्रपाणि खनाल तथा विना मगर मन्त्री हुँदैछन् ।
यसैगरी एमालेबाट प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, रवीन्द्र अत्रिकारी, रघुवीर महासेठ, शेरबहादुर तामाङ र जगत विश्वकर्मा मन्त्री हुने भएका छन् ।
नयाँ मन्त्रीहरुको सपथग्रहण आजै अपरान्ह चार बजे हुनेछ ।