मिस नेपालका प्रतिस्पर्धी मनकामनामा

मिस नेपाल २०१८ का प्रतिस्पर्धीलाई मनकामना केबलकारका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले स्वागत गरेका थिए ।

मिस नेपाल २०१८ का प्रतिस्पर्धीहरु मनकामना दर्शनका लागि पुगेका छन् । शुक्रबार मिस नेपालका २५ प्रतिस्पर्धी केबलकारमार्फत मनकामना दर्शनका लागि पुगेका हुन् ।

मिस नेपाल २०१८ का प्रतिस्पर्धीलाई मनकामना केबलकारका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले स्वागत गरेका थिए । मिस नेपाल २०१८ का लागि महिला सिंह, रोनाली अमात्य, काश्या अधिकारी, अनुपमा बास्तोला, सन्ध्या अधिकारी, सर्बानी पाण्डे, सुस्मिता सापकोटा, प्रिया सिग्देल, शिक्षा सङ्ग्रौला, मनिता देवकोटा र अनाश्रुत पन्त सहभागी छन् ।

त्यसैगरी ज्योत्स्ना क्षेत्री, लक्ष्मी पन्त, शुभेच्छा श्रेष्ठ, लक्ष्मी पौडेल, आस्था साखः, ममता जोशी, सायरा लामा, आश्मा ढुङ्गाना, मेघा श्रेष्ठ, सृष्टि कार्की, एलिसा अधिकारी, एलिसा बुढाथोकी, एन्जिला महत र शृङ्खला खतिवडा प्रतिस्पर्धामा छन् ।