नहर भत्किँदा विद्युत् अवरुद्ध

नहर नजिकै बडिमालिका नगरपालिकाले खानेपानीको ट्याङ्की निर्माण गर्ने लागेको अवस्थामा बिहीबार राति आएको वर्षाले नहर भत्काएपछि विद्युत् अवरोध भएको त्रिवेणी साना जलविद्युत् व्यवस्थापक दयाराम पण्डितले जानकारी दिए ।

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको नगर भत्किँदा आजदेखि विद्युत् अवरोध भएको छ ।

नहर नजिकै बडिमालिका नगरपालिकाले खानेपानीको ट्याङ्की निर्माण गर्ने लागेको अवस्थामा बिहीबार राति आएको वर्षाले नहर भत्काएपछि विद्युत् अवरोध भएको त्रिवेणी साना जलविद्युत् व्यवस्थापक दयाराम पण्डितले जानकारी दिए ।

व्यवस्थापक पण्डितका अनुसार खानेपानीको ट्याङ्कीको भित्ताको पर्खाल भत्किँएपछि विद्युत् सेवा अवरोध भएको हो ।

विद्युत् अवरोध भएपछि जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय प्रभावित हुनुका साथै जिल्लामा सञ्चालन हँुदै आएका रेडियो र पत्रपत्रिका समेत बन्द हुनेभएका छन् भने विद्युत् ग्राहक समेत मर्कामा परेका छन् ।

विद्युत् नहर भत्किएका कारण पुनःनिर्माण गर्न दुई दिन लाग्ने भएको उनले बताए । विद्युत् अवरोधका कारण जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयको दैनिक कामकाज ठप्प हुनेभएको छ ।