उद्योग वाणिज्य सङ्घ पर्वतमा शर्मा विजयी

गए राति घोषणा भएको अन्तिम मतपरिणामअनुसार केदारनाथ शर्माले ८ सय १५ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका लेखनाथ शर्माले ४ सय ५७ मत प्राप्त गरे ।

पर्वत उद्योग वाणिज्य सङ्घको अध्यक्षमा आगामी तीनवर्षे कार्यकालका लागि केदारनाथ शर्मा विजयी भएका छन् ।

गए राति घोषणा भएको अन्तिम मतपरिणामअनुसार केदारनाथ शर्माले ८ सय १५ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका लेखनाथ शर्माले ४ सय ५७ मत प्राप्त गरे ।

सङ्घका सदस्यमा ठाकुर बी पौडेल, रमेश शर्मा लामिछाने, सागर श्रेष्ठ, राजन गुरुङ, तिला गिरी ‘कृष्ण’, कमलबहादुर जिसी, सुनिल भुसाल, गणेश लामिछाने, राजनकुमार जोशी, शेरबहादुर चोचाङ्गी, कृष्णप्रसाद भुसाल, मीनप्रसाद शर्मा, विकास विश्वकर्मा, चित्रबहादुर अधिकारी गोपाल, नारायणप्रसाद पौडेल, मानसिंह भण्डारी, जगन्नाथ अधिकारी, कृष्णप्रसाद रेग्मी, दीपक अधिकारी र शिवशर्मा पौडेल विजयी भएका छन् ।

विजयीमध्ये शिवशर्मा पौडेल, मानसिंह भण्डारी र राजनकुमार जोशी लोकतान्त्रिक गठबन्धनका हुन् भने बाँकी सबै बाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

महिला सदस्यमा प्रमिला शर्मा र चन्द्रकला शर्मा विजयी भएका छन् ।

अध्यक्षसहित २३ जनाको कार्यसमितिका लागि ४४ जनाको उम्मेदवारी परेको थियो ।