भूकम्पपछिको पुनर्निर्माणमा जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री आबेले जापान–नेपाल मैत्रीलाई थप सुदृढ तुल्याउन सक्रिय रुपमा सहयोग गर्ने बताएका छन् ।
विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यभार पुनः सम्हालेकोमा जापानका प्रधानमन्त्री सिन्जो आबेले बधाई ज्ञापन गरेका छ न् ।
राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री आबेले पठाएको बधाई सन्देशमा नयाँ संविधानअनुसार तीन चरणको निर्वाचन सम्पन्न भई लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा नेपालले गरेको प्रगतिको सराहना गरेका छन् ।
भूकम्पपछिको पुनर्निर्माणमा जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री आबेले जापान–नेपाल मैत्रीलाई थप सुदृढ तुल्याउन सक्रिय रुपमा सहयोग गर्ने बताएका छन् ।