संसदीय तथा स्थानीय निकायको चुनावको परिणामस्वरुप वाम गठबन्धन सत्तामा आएपछि गत सोमबार भारतमा भएको यो पहिलो बैठक हो ।
छिमेकी मुलुक भारतले नेपालको व्यापार, वाणिज्य तथा विकास साझेदारीमा सहयोग पु¥याउने जनाएको छ ।
भारतको नयाँ दिल्लीमा नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसँग भारतकी विदेश मन्त्री सुष्मा स्वराजबीच भेटवार्ता दुवै देशबीच व्यापार तथा विकास सहायता साझेदारीलाई कसरी अगाडि बढाउने भन्नेबारेमा चर्चा भयो ।
‘दुवै नेताहरुले व्यापार, वाणिज्य तथा विकास साझेदारीलाई अघि बढाउने प्रक्रियाबारे चर्चा गरे’, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्विटमा भनेका छन् । तेस्रो मुलुकबाट आयात हुने लगभग सम्पूर्ण सामानका लागि पारवहन सुविधाका अतिरिक्त भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा वैदेशिक लगानीको स्रोत हो ।
यसमा नेपालको कुल उत्पादन व्यापारको दुई तिहाइभन्दा बढी, सेवा व्यवसायको लगभग एक तिहाई, प्रत्यक्ष वैदेशिक लगानीको ४६ प्रतिशत, पेट्रोलियम पदार्थको आपूर्तिमा लगभग शतप्रतिशत, तथा पेन्सनधारी एवम् श्रमिकहरुका कारण विप्रेषणको एउटा महत्त्वपूर्ण हिस्सा पर्छ ।
कुल स्वीकृत प्रत्यक्ष वैदेशिक लगानीको लगभग ४० प्रतिशतसहित नेपालमा भारतीय कम्पनीहरु अग्रणी लगानीकर्ता हुन् । जलविद्युत् क्षेत्रलाई अघि बढाउन आपसी सहयोगका लागि दुवै देशबीच स्थापित संयन्त्र पनि छ ।
नेपालका लागि भारत प्रमुख विकास सहायता साझेदार हो, जसलेस्तरदेखि आधारभूत पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरिरहेको छ, जसअन्तर्गत भौतिक पूर्वाधार, स्वास्थ्य, खानेपानी, शिक्षा तथा ग्रामीण एवम् सामुदायिक विकासको क्षेत्रमा विभिन्न परियोजनाहरु लागू गरिएका छन् ।
संसदीय तथा स्थानीय निकायको चुनावको परिणामस्वरुप वाम गठबन्धन सत्तामा आएपछि गत सोमबार भारतमा भएको यो पहिलो बैठक हो ।
आईएएनएस–नयाँ दिल्ली