तामाङ पत्रकार सङ्घमा मोक्तान

तामाङ पत्रकार सङ्घको अध्यक्षमा विष्णुकुमार मोक्तान निर्वाचित भएका छन् । पाँचौं राष्ट्रिय सम्मेलनबाट मोक्तान सहित ३१ जना नयाँ कार्यसमिति चयन गरेको हो । सम्मेलनले तामाङ सञ्चार समूहको नाम परिर्वतन गरी तामाङ पत्रकार सङ्घ राखेको छ ।

शनिबार भएको सम्मेलनबाट उपाध्यक्षमा सुवास योञ्जन र लक्ष्मी तामाङ, महासचिवमा बुद्ध योञ्जन, सचिवमा पेमा लामा, कोषाध्यक्षमा तीर्थमान बल निर्वाचित भएका छन् । यस्तै खुल्ला केन्द्रीय सदस्यमा महिलातर्फ डोल्मा छिरिङ तामाङ, रोजिना तामाङ, बबिता घिसिङ र पुरुष खुल्लातर्फ लालकुमार मोक्तान, नेत्र तामाङ मोक्तान, सुरेन्द्र तामाङ, स्वतन्त्र तामाङ र सरस्वती तामाङ रहेका छन् । सञ्चार समूहका निवर्तमान अध्यक्ष जगत दोङलाई पदेन सदस्यको जिम्मेवारी चयन गरेको छ ।

यस्तै प्रदेश १ बाट विक्रम तामाङ, विश्वराज तामाङ र मालती मोक्तान २ बाट बमबहादुर बमजन र ३ बाट उर्गेन लामा, सुभराज बम्जन, शिशिर दोङ, अन्जु दिम्दुङ र दुदुमाया सिङतान रहेका छन् । तामाङ पत्रकार सङ्घको शाखा १८ ओटा जिल्लामा रहेको जनाएको छ । तिन महिना भित्रमा तिन ओटा प्रदेशमा प्रदेश सभा गठन गर्ने सहित केन्द्रिय सदस्यहरुलाई जिम्मेवारी दिएको नवनिर्वाचित अध्यक्ष मोक्तानले जानकारी दिए ।