शिलान्यास भयो मोतीपुर खानेपानी भवन

मोतीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बुटवल १९ मोतीपुर रुपन्देहीको भवन शिलान्यास गरिएको छ । बुटवल उपमहानगरपालिका–१९ का वडाध्यक्ष हिमबहादुर खत्रीले भवन शिलान्यास गरेका हुन् । कार्यक्रममा उपभोक्ता संस्थाका अध्यक्ष हरिहर श्रेष्ठले संस्था सञ्चालनको अवस्थाबारे जानकारी दिएका थिए । कार्यक्रममा सहभागीहरुले संस्थाले स्थानीयलाई स्वच्छ खानेपानी उपलब्ध गराउन महत्त्वपूर्ण...

मोतीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बुटवल १९ मोतीपुर रुपन्देहीको भवन शिलान्यास गरिएको छ । बुटवल उपमहानगरपालिका–१९ का वडाध्यक्ष हिमबहादुर खत्रीले भवन शिलान्यास गरेका हुन् ।

कार्यक्रममा उपभोक्ता संस्थाका अध्यक्ष हरिहर श्रेष्ठले संस्था सञ्चालनको अवस्थाबारे जानकारी दिएका थिए । कार्यक्रममा सहभागीहरुले संस्थाले स्थानीयलाई स्वच्छ खानेपानी उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रतिक्रिया दिए । कार्यक्रममा वडा १७ र १८ का वडाध्यक्ष सन्तबहादुर राना र हुमनाथ आचार्यले संस्थाले बुटवलका वडा नं १७, १८ र १९ का जनतालाई खानेपानी उपलब्ध गराई प्रशंसनीय कार्य गरेको धारणा राखे ।

कार्यक्रममा संस्थापक अध्यक्ष भीमप्रसाद न्यौपाने, राजु गौडेल, रुपबहादुर गुरुङलगायतले आआफ्ना धारणा राखेका थिए ।