नेपाल र युनेस्कोबीचको सहकार्य बीसौँ वर्षमा

लैङ्गिक समानता एवं प्रौढ शिक्षामा विशेष ध्यान दिँदै सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने मुख्य उद्देश्य भएको युनेस्कोले गरेको पैरवीको परिणामस्वरुप राष्ट्रिय योजना आयोगले दशौँ पञ्चवर्षीय योजनामा सबैका लागि शिक्षासम्बन्धी लक्ष्यहरुको प्राप्तिप्रति नेपालको प्रतिबद्धतालाई पुनः जोड दिनाका साथै त्यससँग सम्बन्धित लक्ष्य निर्धारण गरेको थियो ।

नेपाल र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)बीचको साझेदारी २०औँ वर्षमा प्रवेश गरेको छ ।

बीस वर्षअघि राजधानीको एउटा होटलमा एक व्यक्तिबाट शुरु भएको युनेस्कोको कार्यालय आज तीसभन्दा बढी कर्मचारीको कार्यस्थलमा रुपान्तरण भएको छ । युनेस्कोले नेपाल सरकारसँगको सहकार्यमा शिक्षा, विज्ञान, संस्कृति र सञ्चार तथा सूचनासँग सम्बन्धित सरकारी नीति एवं कार्यक्रमको सुदृढीकरणका साथै नेपालमा शान्ति निर्माण, गरिबी घटाउने र दिगो विकास तथा अन्तरसांस्कृतिक संवादमा योगदान गर्दै आएको छ ।

लैङ्गिक समानता एवं प्रौढ शिक्षामा विशेष ध्यान दिँदै सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने मुख्य उद्देश्य भएको युनेस्कोले गरेको पैरवीको परिणामस्वरुप राष्ट्रिय योजना आयोगले दशौँ पञ्चवर्षीय योजनामा सबैका लागि शिक्षासम्बन्धी लक्ष्यहरुको प्राप्तिप्रति नेपालको प्रतिबद्धतालाई पुनः जोड दिनाका साथै त्यससँग सम्बन्धित लक्ष्य निर्धारण गरेको थियो ।

औपचारिक एवं अनौपचारिक शिक्षासँग सम्बन्धित विषयमा तथ्यपरक निर्णय गर्न, योजना निर्माण एवं सेवा प्रवाहमा सहयोग पुर्याउन युनेस्कोले शिक्षा विभाग र अनौपचारिक शिक्षा केन्द्रमा शैक्षिक व्यवस्थापन सूचना प्रणालीको स्थापनामा पनि मद्दत गरेको थियो । दिगो विकास लक्ष्य नं ४ एवं शिक्षा २०३० कार्यक्रम हासिल गर्ने नेपालको प्रतिबद्धतालाई दृष्टिगत गरी युनेस्कोले सबैका लागि साक्षरता एवं जीवनपर्यन्त सिकाइका अवसर प्रदान गर्न सरोकार भएकाहरुको क्षमता विकासमा सक्रियताका साथ काम गरिरहेको उक्त कार्यालयका नेपाल प्रतिनिधि क्रिष्टियन मानहार्ट बताउँछन् ।