काँग्रेस नेता खड्काको निधन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको शुक्रवार साँझ निधन भएको छ ।

मृर्गौला रोगबाट पीडित खड्काको दिल्लीको अपोलो अस्पतालमा उपचारको क्रममा मृत्यु निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
६६ वर्षिय खड्का २००८ जेठ १२ गते दाङको धर्ना गाविस ६ भैंसापथरामा जन्मेका हुन् ।

पदमोदय पब्लिक माध्यमिक विद्यालयमा पढ्दापढ्दै खड्का कांग्रेसको राजनीति लागेका थिए ।