सार्क सम्मेलन इस्लामाबादमा गर्ने पक्षमा श्रीलङ्का, नेपाल र मालदिभ्स

नेपाल, श्रीलङ्का र मालदिभ्स जस्ता मुलुकले इस्लामाबादमा सार्क समिटको आयोजनाका लागि आफ्नो समर्थन दिएका छन् । तर, अहिलेसम्म सम्मेलनको आयोजनाका लागि कुनै औपचारिक प्रस्ताव आएको छैन । यदि भारतले यो सम्मेलनको ‘बायकट’ गर्छ भने यसको आयोजना हुन सक्दैन ।

नेपाल, श्रीलङ्का र मालदिभ्सले सार्क सम्मेलन इस्लामाबादमा आयोजना गर्न आफ्नो समर्थन दिएका छन् । इस्लामाबादमा २०१६ मा आयोजित सम्मेलन भारतले बहिष्कार गरेको थियो । त्यसपछि यसलाई स्थगन गरिएको थियो । भारतको जम्मु–कस्मिरको उडीमा रहेको आर्मी क्याम्पमा भएको आतङ्कवादी हमला भ्एपछि भारतले इस्लामाबादमा आयोजित सार्क समिटलाई ‘बायकट’ गरेको थियो ।

बितेको दुई वर्षदेखि हुन नसकेको सार्क समिट पुनः सुरु गर्न तथा यसको आयोजना गर्ने जिम्मा इस्लामाबादलाई दिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीलाई सम्पर्क गर्ने सम्भावना छ । राजनीतिक सूत्रका अनुसार सार्क सम्मलन इस्लामाबादमा आयोजना गर्न प्रधानमन्त्री ओलीले भारतसँग समर्थन माग्न सक्छन् । आगामी भारत भ्रमणमा प्रधानमन्त्री ओली र भारतीय प्रधामन्त्री नरेन्द्र मोदीबीच हुने भेटवार्तामा यो विषय मुख्य अजेन्डामा भने सामेल छैन । हुन त, सूत्रको भनाइ छ, कि प्रम ओली सार्कलाई अगाडि बढाउन चाहन्छन् र यो वर्षको अन्त्यसम्म इस्लामाबादमा यसको आयोजनाको सम्भावनाबारे चर्चा गर्न सक्छन् ।

भारतीय अधिकारीहरुका अनुसार उनीहरुलाई यो कुराको जानकारी छ कि नेपाल, श्रीलङ्का र मालदिभ्स जस्ता मुलुकले इस्लामाबादमा सार्क समिटको आयोजनाका लागि आफ्नो समर्थन दिएका छन् । तर, अहिलेसम्म सम्मेलनको आयोजनाका लागि कुनै औपचारिक प्रस्ताव आएको छैन । यदि भारतले यो सम्मेलनको ‘बायकट’ गर्छ भने यसको आयोजना हुन सक्दैन ।

अहिले सार्कको अध्यक्षता नेपालसँग छ । नेपालले आफ्नो यो जिम्मेवारी पाकिस्तानलाई सुम्पने सोच बनाएको एक जना वरिष्ठ भारतीय कुटनीतिज्ञले बताएका छन् । ती वरिष्ठ कूटनीतिज्ञले भने, ‘नेपालले आफ्नो यो जिम्मेवारी अब पाकिस्तानलाई सुम्पने विषयमा विचार गरिरहेको छ ।’ उन्नाइसौं सार्क सम्मेलन २०१६ मा इस्लामाबादमा आयोजना हुने भनिएको थियो, तर जम्मु–कस्मिरको उडी सेक्टरमा आतङ्कवादी हमला भएपछि भारतले यसको बहिष्कार गरेको थियो । तसर्थ यो सम्मेलन नै रद्द गरियो । उडीमा भारतीय सेनाको छाउनीमा भएको आतङ्ककारी हमलामा १९ जना भारतीय सैनिक मारिएका थिए ।

हालै पाकिस्तानी पीएम शाहिद अब्बासीले नेपाल भ्रमणका बेला इस्लामाबादमा सम्मेलनको आयोजनाका लागि समर्थन मागेका थिए । केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि शाहिद अब्बासी नेपाल भ्रमण गर्ने पहिलो राष्ट्राध्यक्ष हुन् । अब्बासी र ओलीको मिटिङपछि प्रम ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले दुवै नेताहरु सार्क सम्मेलन हुनुपर्नेमा सहमत छन्, किनकि यो सबै सदस्य देशहरुका लागि एउटा उत्तम साझा प्ल्याटफर्म हो, भनेका थिए । एजेन्सी