मलेसिया जाने श्रमिक बढे

श्रम तथा रोजगार मन्त्रालयको तथ्याङ्कअनुसार चालू आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको सङ्ख्या एक लाख पाँच हजार ५१ पुगेको छ ।

गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जाने श्रमिकको सङ्ख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्याङ्कअनुसार चालू आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको सङ्ख्या एक लाख पाँच हजार ५१ पुगेको छ ।

श्रम बजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको सङ्ख्या बढेको मन्त्रालयका प्रबन्ध निर्देशक इन्द्रदेव पाण्डेले बताए । ‘विकसित मुलुकमा श्रमिकको माग कम भएकै कारण विदेश जानेको सङ्ख्या पनि कम छ’, पाण्डेले भने ।

मन्त्रालयको तथ्याङ्कअनुसार मलेसियापछि दोस्रो नम्बरमा कतार छ । कतारमा यो वर्षमात्र ८१ हजार ३ सय ६४ जना गएका छन् ।

आव २०७०/७१ मा मलेसिया जाने दुई लाख १४ हजार १ सय ४९ थिए भने आव २०७२/७३ मा ६० हजार ९ सय ७९ मात्र थिए । अघिल्लो वर्षको तुलनामा भने यो वर्ष मलेसिया जानेको सङ्ख्या बढी हो ।

त्यस्तै २०७०/७१ मा कतार जानेको सङ्ख्या एक लाख २८ हजार ८ सय ७४ थियो भने आव २०७२/७३ मा एक लाख २९ हजार ३८ पुगेका थिए । रासस