राजन खनाल बने अर्थसचिव, प्रधानमन्त्री कार्यालयका चार सचिव शक्तिशाली मन्त्रालयमा

प्रधानमन्त्री केपी शर्मा ओली भारत निस्कनुअघि मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको एकपटक सरुवा गरेको हो । प्रधानमन्त्री ओली शुक्रबार भारत गएका छन् ।

सरकार गठन भएको ५० दिन पुगेपछि वाम गठबन्धनको सरकारले एकैपटक सबै सचिवहरुको सरुवा गर्ने सरकारको नीतिअन्तर्गत ३० सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत निस्कनुअघि मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको एकपटक सरुवा गरेको हो । प्रधानमन्त्री ओली शुक्रबार भारत गएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका राजन खनाललाई अर्थसचिवका रुपमा भित्र्याइएको छ । अख्तियारजानुअघि उनी अर्थ मन्त्रालयको राजस्व सचिवका रुपमा क्रियाशील थिए । अख्तियार पुगेर अर्थ मन्त्रालय आउने उनी दोस्रा अर्थसचिव हुन् । यसअघि डा. शान्तराज सुवेदी अर्थसचिवबाट प्रधानमन्त्री कार्यालय, अख्तियार हुँदै पुनः अर्थसचिवका रुपमा भित्रिएका थिए । सुवेदीको कार्यकाल सकिएपछि अर्थसचिवका रुपमा आएका शङ्करप्रसाद अधिकारीलाई भने सरकारले उपराष्ट्रपतिको कार्यालयमा पु¥याएको छ । तर, राजस्व सचिव शिसिरकुमार ढुङ्गानालाई यथावत् राखिएको छ ।

प्रधानमन्त्री कार्यालयका चारैजना सचिवलाई त्यहाँबाट झिकेर शक्तिशाली मन्त्रालयमा पठाइएको छ । प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईलाई गृहसचिव, सचिव खगराज बराललाई शिक्षा सचिव, महेन्द्रमान गुरुङलाई सञ्चार सचिव र शरच्चन्द्र पौडेललाई राष्ट्रिय योजना आयोगको सचिव बनाइएको छ ।

उता, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई अख्तियार पु¥याइएको छ भने गृहसचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ । त्यस्तै, योजना आयोगका विष्णु लम्साल रक्षा सचिव बनेका छन् भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मधुसूदन अधिकारीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा लगाइएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम तथा रोजगार मन्त्रालयको सचिव बनाइएको छ । नेपाल ट्रस्ट कार्यालयका सचिव अर्जुनकुमार कार्कीलाई पुनिर्निर्माण प्राधिकरणको सचिव बनाइएको छ भने भौतिक मन्त्रालयका देवेन्द्र कार्की नेपाल ट्रस्ट कार्यालयमा पठाइएको छ ।
वनसचिव डा. युवकध्वज जीसीलाई कृषि मन्त्रालय र पशुपंक्षी सचिव विश्वनाथ ओलीलाई वन सचिवका रुपमा म्मिेवारी तोकिएको छ ।

शिक्षा सचिव मधुप्रसाद रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ । प्रदेश १ का कायममुकायम मुख्यसचिव यादवप्रसाद कोइरालालाई काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा सरुवा गरेको सरकारले पर्यटन मन्त्रालय, कानुन मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिपतिको कार्यालयमा भने सचिवहरु यथावत् राखेको छ ।